साईकललाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

 

जेठ २३, काठमाडौं । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा आज भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । 

साइकललाई ठक्कर दिएको बा४१प ५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

null

दुर्घटना आज बिहान ४ः३० बजे भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *