नयाँ बसपार्ककाे गेस्ट हाउसमा एक महिला र पुरूषकाे निर्बस्त्र अवस्थामा शव फेला

भाद्र ४, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा स्थित मोरङ पर्वत गेस्ट हाउसमा एक महिला र एक पुरुषको शव भेटिएको छ । होटलको १११ नंबरको कोठामा नग्न अवस्थामा एक जोडी शव भेटिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए ।   

प्रसाईंका अनुसार मृतकमध्ये एक चितवनका ३७ वर्षीय यमबहादुर मगर र अर्की महिला मकवानपुरकी ३० वर्षीया सबिना बजगाईं रहेका छन् । मृतकको बारेमा घटनास्थलबाट मुचुल्का उठाएर अनुसन्धान थालिएको पनि उनले बताएका छन् ।   

डीएसपी फणिन्द्र प्रसाईंका अनुसार युवतीले कट्टु मात्र लगाएको अवस्थामा वेडमा र नग्न अवस्थामा युवक पनि त्यही भेटिएको हो । होटल सन्चालकका अनुसार उनीहरु मंगलबार राति ११ बजे होटल कोठा बुकिङ गरेर पसेका थिए । विहान खाना खान बोलाउँदा पनि खुलेलेकोले दिउँसो प्रहरी बोलाएर होटलको ढोका खोल्दा उनीहरु मृत भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । 

null

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको अनुसन्धान अधिकृत बताउँछन् । अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ ।   

परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ । पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *