नेकपा सचिवालय बैठकः अनुशासन आयोगमा अमृत बोहरा, सल्लाहकार कमिटीमा केशव बडाल चयन

कार्तिक २५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को आज (मंगलबार) बिहान बसेको सचिवालय बैठक सम्पन्न भएको छ ।   

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकाय चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   

उनका अनुसार  बैठकले लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको छ भने केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई जिम्मेवारी दिएको छ ।   

त्यस्तै केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् भने ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली छानिएका छन् । 

यसबाहेक सांगठनीक एकीकरणका विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । मन्त्रिपरिषद् पुनर्गठनबारे भने छलफल नभएको उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *