एस.सी.डब्लु.ई.सीको नेतृत्वमा सरोजनी


असोज ७, काठमाडौं । सार्क चेम्बर महिला उद्यमी परिषद (एस.सी.डब्लु.ई.सी) ले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष सरोजनी शेरचनको नेतृत्वमा १० सदस्यिय कार्य समिति गठन भएको छ ।
उक्त समितिमा रेनु बज्राचार्य, अलिशा श्रेष्ठ, बसन्ती मिश्र प्रधान, हेमकुमारी अधिकारी, जुलिया चित्रकार, लुना श्रेष्ठ ठाकुर, निता पौडेल अधिकारी, सोनी जोशी र सुनिता बैद्य श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा बोल्दै सह उपाध्यक्ष शेरचनले आफनो नेतृत्वले एस.सी.डब्लु.ई.सीलाई अझै सुदृढ बनाउदै लैजाने बताए । उनले संस्थाले आउदो नोभेम्बरमा वायोडेगे्रडेबल स्यानिटरी न्यापकिन उत्पादनका लागी अर्थ संकलन गर्ने र त्भबअज न्ष्चकि त्य ऋयमभ नामक परियोजना सञ्चालन गरि सुचना प्रबिधि क्षेत्रमा महिला सहभागिता बढाउने योजना बनाएको बताइन् ।
उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले दक्षिण एसियाका महिला उद्यमीले संयुक्त रुपमा प्राकृतिक फाईवर जस्ता स्रोतहरुको प्रयोग गरि बिभिन्न बस्तुको उत्पादन गरि त्यसलाई आन्तरिक क्षेत्रमा बजारिकरण गर्नुपर्ने कुरामा जोड दिँदैे यस्ता कृयाकलापले महिलाको सामाजिक आर्थिक स्थितिमा पनि टेवापुग्ने बताइन् ।
