युएईसँग दोस्रो खेल आज, सिरिज जोगाउन जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । नेपालले आज (शनिबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले शनिबार दोस्रो एकदिवसीय खेल खेल्न लागेको हो ।  

दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा नेपाल र युएईबीचको दोस्रो खेल नेपाली समय अनुसार बिहान ११:१५ मा सुरु हुनेछ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसंगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ । 

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १-१ को बराबरी गर्नेछ । र, सिरिज जित्ने आशा जीवितै राख्ने छ ।दोस्रो खेल गुमाए नेपालको पहिलो एकदिवसीय सिरिज जित्ने सपना अधुरो रहनेछ । 

null

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसंग ३ विकेटले पराजित भएको थियो । युएई नेपालविरुद्धको ३ खेलको सिरिजमा १ – ० ले अघि छ ।  

नेपालको यो पाँचौ एकदिवसीय खेल हुनेछ । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकीएको थियो । 

नेदरल्याण्डसंगको खेलेको करिब ७ महिनापछि नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो । नेपालले घरेलु टोलीसंग एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *