यस कारण तानिए सोलुखुम्बुका डीएसपी चिमरिया

माघ १७, काठमाडौं । कार्य सम्पादनमा कमजोर देखिएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपीलाई फिर्ता गरेको छ । 

सोलुखुम्बु प्रहरी प्रमुख रहेका डीएसपी नारायण चिमरियालाई प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।   

उनको ठाउँमा विशेष ब्यूरोमा कार्यरत डीएसपी टेकुनन्द इवा लिम्बुलाई पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । 

कार्य सम्पादन तथा कमाण्ड कन्ट्रोलमा कमजोर देखिएपछी डीएसपी चिमरियालाई फिर्ता गरिएको हो । सोलुखुम्बु प्रहरी प्रमुखको जिम्मेवारी दिइएका डीएसपी लिम्बू प्रहरीमा इमानदार तथा व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।   

डीएसपी लिम्बुले यस अगाडी महानगरीय प्रहरी वृत्त जनसेवाको प्रमुखको रुपमा समेत काम गरिसकेका छन् । उनले सोलुखुम्बुको शान्ति सुरक्षा कायम गर्नेमा विस्वास गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *