नेविसंघको नेतृत्वमा बैशाख १३ गते ११ प्रतिपक्ष विद्यार्थी संगठनले प्रदर्शन गर्ने

 

बैशाख ४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठनको नेतृत्वमा एघार दलका विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन् । 

केही दिनअघि राष्ट्रिय सभागृहबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस सहित मोर्चाबन्दी गरेका एघार दलका विद्यार्थी संगठनले बैशाख १३ गते काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका हुन् । 

null

केपी ओलि नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादी र पूर्ण भ्रष्टाचारी प्रमाणिात भएको भन्दै त्यसको प्रतिकार गर्न प्रदशन गर्न लागिएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका सचीव अनुराग शाहले जानकारी दिए । 

आज अनेरास्ववियु पाँचौंको केन्द्रिय कार्यलय रातोपुल काठमाडौंमा सप्पन्न भएको सयुक्त विद्यार्थी संगठनको बैठकले एउटा विज्ञप्ति जारी गर्दै केही दिन अगाडि ११ प्रतिपक्ष दलको बिचार गोष्ठीलाई लक्षित गरेर प्रधानमन्त्री केपि ओलिले नन्दि भृरिङ्गिहरुको भेला भनेर गरेको टिप्पणीलाई एउटा निच टिप्पणी भएको भन्दै त्यसलाई तत्काल सच्याएर सार्वजनिक रुपमा माफी माग्न माग गरेका छन् । 

विज्ञप्तिमा शैक्षिकशत्र सुरु भएसँगै निजि शैक्षिक संस्थाहरुले ४०५ सम्म बढी शुल्क असुलेको तथ्य सार्वजनिक भएको भन्दै यसरी असुल गरेको शुल्क विद्यार्थी र अभिभावकलाई फिर्ता गर्न माग गर्दै २०७५ साल असार १८ गते संयुक्त विद्यार्थी संगठन, शिक्षा मन्त्रालय, प्याब्सन, एन प्याब्सन लगाएत सँग भएको सहमति लागू गरि चर्को शुल्क असुल्ने उपर कडा कार्वाही गर्न पनि माग गरिएको छ । 

नेपालमा मेडिकल र इन्जिनियरिङ शिक्षामा निजि कलेजहरुले अत्यन्तै मनोमानी ढंगले शुल्क असुलेर आम विद्यार्थी र अभिभावकलाई निर्दयी र अमानवीय ढंगले गरेको आर्थिक शोषणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै गैरकानुनी ढंगले उठाएको पैसा तत्काल फिर्ता गर्न सम्बन्धित कलेजहरुलाई चेतावनी पनि दिएको छ । 

बैठकमा बिश्वबिद्धालयमा भएको राजनीतिक भागबन्डा बन्दै गर्न पनि माग गरिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *