लिभरपुलको उपाधि यात्रा बलियो, आर्सनलले खायो ५ गोल

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले आर्सनलविरुद्ध शानदार जित निकालेको छ  । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ५ – १ गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गरेपछि लिभरपुलले आर्सनलमाथि फराकिलो जित निकालेको हो । यस्तै लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । आर्सनलका मैथल्याण्ड निल्सले एक गोल गरे । 

एनफिल्डमा लिभरपुलले सुरुवाती अग्रता उल्टाएर फराकिलो जित निकालेको हो । खेलको ११ औं मिनेटमा निल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो गोल खाएपछि लिभरपुलले आर्सनलविरुद्ध एकतर्फी गोल गर्यो । 

null

 

खेलको १४ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । खेलको १६ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २ – १ को अग्रता दिलाए । खेलको ३२ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ४५ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दा पहिलो हाफमा लिभरपुल ४ – १ ले अघि रह्यो । 

दोस्रो हाफमा लिभरपुलले थप एक गोल गर्यो । खेलको ६५ औं मिनेटमा पाएको पेनाल्टीमा फिर्मिन्होले गोल गर्दै ह्याट्रिक पुरा गर्दा लिभरपुलले ५ – १ को फराकिलो जित निकाल्यो । 

 

यो जितसंगै लिभरपुलले लिगको उपाधि होड बलियो बनाएको छ । यस्तै लिभरपुलले दोस्रो स्थानको टिमविरुद्ध ९ अंकको अग्रता बनाएको छ । यस सिजन अपराजित लिभरपुलले २० खेलबाट ५४ अंक जोडेको छ । 

दोस्रो स्थानको टोटेनहमको ४५ अंक छ । यस्तै तेस्रो स्थानको म्यानचेस्टर सिटीको ४४ अंक छ । पराजित आर्सनल ३८ अंक जोडेर लिगको पाँचौ स्थानमा छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *