जेठ १५ गते दिउँसाे ४ बजे बजेट पेश हुँदै

 

जेठ १३, काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने बताएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे दुवै सदनको संयुक्त बैठकमा पेश गर्ने कार्यक्रम रहेको जानकारी गराएका हुन् । 

null

त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र सभाहलमा प्रवेश गरी आआफ्ना स्थानमा बस्न समेत सभामुख महराले आग्रह गरेका छन् । 

आजको बैठकमा अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *