गाउँपालिका स्तरिय फुटबल प्रतीयोगीता जारी : सेमीफाईनल समिकरण पुरा

असोज २८, बौनियाँ । बिजया दशमीको अवसरमा बर्दगोरिया गाउँपालिका वडा नं. २ कुम्भियामा मंगलमय युवा क्लबको आयोजना र बर्दगोरिया गाउँपालिका वडा नं. २ को आर्थिक सहयोगमा सुरु भएको फुटबल प्रतियोगीको सेमीफाईनल समिकरण पुरा भएको छ । 

आइतबार भएका खेलहरु जित्दै डि.बाई. सि बास्कोटी, सडकपुर बौनियाँ क्लब बौनियाँ र नव बाल बाटिका बिद्यामन्दिर बौनियाँले सेमीफाईनलमा स्थान सुरक्षित गरेका हुन् । यस अघिनै एक खेल जित्दै बाई पाएर नौनीया युवा क्लब नौनीया सेमीफाईनल पुगी सकेको छ । 

आईतबार भएको पहिलो खेलमा बर्दगोरिया ५ भुरुवाको डफ युवा क्लब लाई नौनियाले एक शुन्यको गोल अन्तरले हराउदा दोश्रो खेलमा बर्दगोरिया १ बौनियाँको सडकपुर बौनियाँ युवा क्लबले बर्दगोरिया २ झगडपुरको टिमलाई समान एक शुन्यकै गोल अन्तरले पराजित गरेको थियो । आईतबारको अन्तिम खेलमा बर्दगोरिया १ बौनियाँ स्थित नव वाल बाटिका बिद्या मन्दिरको टिमले बर्दगोरिया २ कुम्भीयाको आयोजक मंगलमय युवा क्लवलाई टाईब्रकरमा पाँच चार को गोल अन्तरले हराउँदै सेमीफाईनलमा स्थान सुरक्षित गरेको हो । 

null

सेमीफाईनल खेलहरु सोमबार हुने क्लवका सल्लाहकार गोबिन्द बमले जानकारी दिए । पहिलो सेमीफाईनलमा सडकपुर बौनियाँ युवा क्लब बौनिया र नौनीया युवा क्लब नौनीया भिड्दा दोश्रोमा नव बाल बाटीका र डि. ई.सि बास्कोटी फाईनल प्रवेशका लागी प्रतिस्पर्दा गर्नेछन्। 

फाईनल खेल मंगलबार हुनेछ । प्रतियोगितातामा प्रथम हुनेले १० हजार मेडल,प्रमाणपत्र र द्धितीय हुनेले नगद ५ हजार मेडल प्रमाणपत्र रहेको क्लवका सल्लाहकार गोबिन्द बमले जानकारी दिए । प्रतियोगितामा गाउँपालिका भित्रका १४ ओटा टिमको सहभागिता रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *