सार्क फिल्म फेस्टिभलः सारीमा सिम्पल स्वस्तिमा

 

असार १८, काठमाडौं । श्रीलंकामा आयोजित ‘सार्क फिल्म् फेस्टिभल’ मा स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’ प्रदर्शन भएको छ । 

स्वस्तिमा पनि यतिबेला श्रीलंकामा छिन् । सार्क फिल्म् फेस्टिभलमा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । उनले त्यहाँका केही तस्विर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । 

null

फेस्टिभलमा ‘बुलबुल’ की रणकला टाटेपाटे सारी लगाएर उपस्थित भएकी थिइन् । ब्लाक बुट्टावाला सारीमा खुलेकी स्वस्तिमा तस्विरमा निकै सिम्पल र सुन्दर देखिएकी छिन् । 

स्वस्तिमाको ‘बुलबुल’सँगै सार्क फिल्म फेस्टिभलमा फिल्म ‘प्रसाद’ ले पनि सहभागीता जनाइरहेको छ । प्रसादका निर्देशक दिनेश राउत फेस्टिभलमा सहभागी छन् । 

२ जुलाईमा सुरु भएको उक्त फेस्टिभल ७ जुलाईसम्म चल्नेछ। 

 

 

 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *