प्रेस स्वतन्त्रताको गला निमोठेर सरकार अधिनायकवाद भयाेः आचार्य

 

जेठ २६, धरान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री महेश आचार्यले नेपाली जनताले लडेर ल्याएको संविधानलाई ओली सरकारले पालना नगरेको बताएका छन् । कांग्रेसको राष्ट्रिय जागरण अभियानको सभालाई सम्बोधन गर्दै नेता आचार्यले नेकपा नेतृत्वको सरकारले संविधान, लोकतन्त्र र सुशासनको जगलाई नै भत्काउन लागेको बताएका हुन् । प्रधानमन्त्री ओलीले मनोपोली ढंगले सरकार चलाइरहेको उनले बताए । 

‘संविधानमा १ बर्ष पनि कार्यकाल बाँकी छ भने चुनाव गर्नुपर्ने र जनतालाई आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकार छ, तर, धरान लगायत विभिन्न स्थानमा सरकारले उप निर्वाचन नगराएर जनताको आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकारबाट बञ्चित गराएको छ ।’ उनले भने । 

null

संविधानले ग्यारेण्टी गरेको पुर्णप्रेस स्वतन्त्रताविरुद्ध दुई तिहाईको सरकारले प्रेस स्वतन्त्रताको गला निमोठ्ने गरी मिडिया काउन्सिल विधेयक ल्याएको, मानवअधिकार आयोगको पनि स्वतन्त्रता र स्वायत्ततालाई अपहरण गर्ने गरी र सेना परिचालनको अधिकार पनि प्रधानमन्त्रीलाई दिने गरि विधेयक संसदमा लगिएकोले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भईरहेको नेता आचार्यले दाबी गरे । 

 

वाइडबडी प्रकरणमा बोल्दै नेता आचार्यले सरकारले भ्रष्टाचारलाई संस्थागतरुपमा संरक्षण गरेको आरोप लगाए । भ्रष्टाचार भए नभएको बिषयमा सरकारले जनतासामु प्रष्ट पार्नुपर्ने उनले माग गरे । उनले धरानको प्रसंग जोड्दै निरन्तर २८ बर्षदेखि कम्युनिष्टहरुले जितेपनि धरानको विकास र समृद्धि हुन नसकेको बताए । ‘पहिला पुर्वी नेपालको व्यापारिक केन्द्र बनेको धरान अहिले खस्कदै गएको छ र केन्द्र सरकारबाट अपमानित हुने रोग लागेको छ ।’ उनले भने । 

कार्यक्रममा नेपाल तरुण दल, धरानका संस्थापक सभापति संदिप श्रेष्ठको पहलमा साविक नेकपा एमाले तथा माओवादी केन्द्रका ३४ जना यूवाहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशी सबैलाई नेता आचार्यले अविर लगाई स्वागत गरेका थिए । 

कार्यक्रममा संस्थापक सुनसरी सभापति तथा पूर्व सांसद हरिनाथ वास्तोला, संघीय सांसदद्धय सिताराम मेहता र मिना सुब्बा, कार्यक्रमका अध्यक्ष एवम् जिल्ला सभापति राजिव कोइराला, जिल्ला सचिव केदार भण्डारी, धरान नगर सभापति तिलक राई लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा डेङ्गु रोगको रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि जनचेतनामूलक पर्चा वितरण गनुका साथै वीपी प्रतिष्ठानका डा. प्रज्वल प्याकुरेलमार्फत सुसुचित समेत गराइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *