बीपीएलमा पनि सन्दीपको शानदार प्रदर्शन, डेब्यु खेलमा लिए २ विकेट

पुस २२, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको डेब्यु खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । 

अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) मा शानदार डेब्यु गरेका सन्दीपले बीपीएलको डेब्यु खेलमा पनि २ विकेट लिए । 

सिलेट सिक्सर्सबाट बीपीएल खेलिरहेका सन्दीप कोमीला भिक्टोरियन्सविरुद्ध ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका हुन् । सुरुको दुई ओभरमा ८ रन खर्चिए पनि विकेट लिन सकेका थिएनन् । पछिल्लो दुई ओभरमा भने सन्दीपले ८ रन नै खर्चँदै २ विकेट लिएका हुन्। 

null

सन्दीपले पहिलो विकेटको रुपमा कोमीला भिक्टोरियन्सका ब्याट्सम्यान सोयब मलिकलाई आफ्नो तेस्रो ओभरमा १३ रनमा क्याच आउट गरेका थिए । यस ओभरमा सन्दीपले १ विकेटसहित ६ रन खर्चिए । 

यस्तै सन्दीपले चौथो ओभरको दोस्रो बलमा इनमुल हकलाई ५ रनमा आउट गर्दै दोस्रो विकेट लिन सफल भए । 

त्यसअघि सन्दीपले पहिलो र दोस्रो ओभरमा विकेट लिन सकेनन् । पहिलो ओभरमा सन्दीपले ५ रन खर्चिए । दोस्रो ओभरमा सन्दीपले ३ रन खर्चिए । 

यसअघि ढाकामा टस हारेर ब्याटिङ गरेको सिक्सर्सले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *