मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

कार्तिक ६, हेटौडा । बुधबार हेटौंडा आउँदै गरेको मोटरसाइकलको  ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ  भने मोटरसाइकल चालक घाइते भएका छन् ।   

प्रहरीका अनुसार मोटरसाइकलको  ठक्करबाट पैदल यात्री पूर्वी मकवानपुरको बकैया ७ अधेरीका ५५ बर्षीय कृष्ण बहादुर लो को मृत्यु भएको हो ।   

धरान चतरा मार्ग हुँदै हेटौंडा आउँदै गरेको प्रदेश ३-०३-००१ प ६२० नम्बरको मोटरसाइकको ठक्करबाट सख्त घाइते भएका कृष्ण बहादुरको उपचारको क्रममा उपचारको क्रममा चुरेहील अस्पतालमा मृत्यु भएको प्रहरील जानकारी दिएका छन् । 

Image result for मोटरसाइकलको ठक्करबाट  मृत्यु

प्रहरीका अनुसार  बकैया ३ हात्तीसुँडेका २४ बर्षीय घाइते चालक सवीन दर्नालको भने हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *