यदी कुनै युवतीले युवकलाई मन पराउँछिन् भने देखाउँछिन् यस्तो व्यावहार

भाद्र ९ ।  केटीलाई घुरेर हेर्ने मात्र होइन, आँखा झिम्क्याउन, जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । उस्तैले त ‘आई लभ यू’ नै भनिदिन्छन् । तर, केटीहरुको हकमा यो लागू हुँदैन । केटीहरु स्वभावैले लजालु हुने भएकाले केटाहरुलाई जिस्क्याउने त आँटै गर्दैनन् । 

बाटो हिँडिरहेको कुनै पुरुष मन पर्‍यो भने उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन् । चोरी-चोरी हेर्छन् । त्यसैले उक्त पुरुषले थाहै पाउँदैन कि कुन केटीले उसलाई मन पराइरहेकी छिन् । 

  

Image result for beautiful lady

तथापि, यस्ता केही संकेतहरु छन्, जसको मद्दतले सजिलै थाहा पाउन सकिन्छ कि कुनै केटीले तपाईंलाई मन पराइरहेकी त छैन ? 

हाँस्नु/मुस्कुराउनु 

कुनै केटीले एउटा पुरुषलाई देखेर हाँस्ने वा मुस्कुराउने गर्छिन् भने त्यसलाई सामान्य मात्रै सोच्नु हुँदैन । ती यसले पुरुषप्रति युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत गर्छ । कुनै पनि केटीले कुनै पुरुषलाई देखेर संकेत दिनुपरे उनीहरु प्रायः मुस्कानलाई नै हतियार बनाउने गर्छन् । यसरी मुस्कुराउँदा सिधै तपाइर्ंलाई नहेरेर अन्यत्र हेरेजस्तो गर्छिन् । त्यसैले, अब तपाईं पनि यो कुरा याद गर्नुस । 

कर्के नजरले हेर्नु 

कुनै पनि युवतीले आकर्षक पुरुष देखिन् भने सिधै घुरेर हेर्न सक्दिनन् । उनी कर्के नजरले हेर्न थाल्छिन् । र, पुरुषले देखिहालेमा नजर अन्तै घुमाउँछिन् । यूवतीहरु यो क्रियाकलाप बारम्बार गर्ने गर्छन् । त्यस क्रममा उनीहरु कयौपटक आँखामा आँखा जुधाउने कोशिश पनि गर्छन्, तर सक्दैनन् । 

लुकी-लुकी हेर्नु 

जब कुनै युवती युवकप्रति आकषिर्क हुन्छिन्, उनी आफूले मन पराएको पुरुषलाई साथीको पछाडी बसेर लुकीलुकी हेर्ने गर्छिन् । ताकि उनीहरुले हेरेको तपाईंलाई नोटिस नहोस् । यसो गर्नुको एउटै मात्र कारण भनेको तपाई के गर्दै हुनुहुन्छ भनेर सुटुक्क थाहा पाउनु हो । 

प्रत्येक गतिविधि याद राख्नु 

यदी कुनै केटी तपाईका स-साना गतिविधि पनि याद राख्छन् भने बुझ्नुस् की उनको तपाइर्ंप्रति रुची छ । उनले तपाईलाई साच्चिकै मन पराउँछिन् र तपाईलाई बारम्बार हेर्ने गर्छिन् । त्यति मात्र हैन, उसले तपाईको बारेमा आˆना साथीभाईलाई समेत पक्कै बताउँछिन् । जसले गर्दा तपाईलाई केटीले मात्र हैन, उनका साथीहरुले पनि नोटिस गर्न थाल्छन् । 

बोल्दा अनुहार रातो हुनु 

यदि कुनै केटी तपाईंसँग बोल्दा हड्बडाउँछिन्, नर्भस हुन्छिन् भने जान्नुस उनको मनमा हलचल मच्चिइहेको छ । उनले तपाईंलाई मन पराइरहेकी छन् भने यस्तो हुन्छ । यस्तो बेला उनको अनुहार रातो भएको हुन्छ र उनले तपाईंसँग आँखा जुधाएर बोल्न सक्दिनन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *