दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफमा नोबेल विजयी

 

जेठ १२, विराटनगर । दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा विराटनगर स्थित नोबेल मेडिकल कलेज विजयी भएको छ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो । 

प्रतियोगितामा नोबेलका कौसल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभागी थिए । विजयी भएसँगै उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । 

null

 

त्यस्तै प्रतियोगितामा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो र काठमाडौं यूनिभर्सिटी स्कुल अफ मेडिकल साईन्सेस धुलिखेलको टिम तृतिय बनेको आयोजक स्टुडेन्ट वेलफेर सोसाईटीले जनाएको छ । 

दुई दिनसम्म भएको प्रतियोगितामा टिचिङ अस्पताल, नेपाल आर्मी, मनिपाल, बिराट लगायत देशभरका १० मेडिकल कलेजका १५ टिम सहभागी थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *