दोहोरो भिडन्तमा सरकार र विप्लव समूह, के होला अब ?

 

असार २५, काठमाडौं । एनसेल कार्यालय र व्यवसायी रोहन गुरुङको घरमा विस्फोट गराएपछि विप्लव समुहमाथि सरकारले प्रतिबन्ध लगाएसँगै दोहोरो मुठभेठका घटना बढेका छन् । 

प्रतिबन्धपछि विप्लवका पाँच सय ५० बढी कार्यकर्ता पक्राउ परिसकेका छन्, भने कतिपय ठाँउमा दोहोरो भिडन्त समेत भएका छन् । भिडन्तमा हालसम्म विप्लवका २ जना कार्यकर्ता र एक प्रहरीको मृत्यू भइसकेको छ । 

null

सरकार विप्लव समूहसँग संवादमार्फत् समस्या समाधान गर्नेभन्दा पनि बल प्रयोगमा उत्रिएको हो कि भन्ने धेरैले आशंका गरेका छन् । 

जेठ ७ गते भोजपुरको टेम्केमैयुङगमा स्थित धोद्रेको जंगलमा गोली लागेर विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको थियो । त्यसको प्रतिशोध स्वरूप सो संगठनले १३ जेठमा नेपाल बन्द आह्वान गरेको थियो । बन्दमा राजधानीमा शक्तिशाली बम पड्काएर सरकारलाई धक्का दिने उनीहरूको योजना थियो । तर, सेटिङ मिलाउन नजान्दा अघिल्लो दिन नै राजधानीका तीन स्थानमा बम विस्फोट भए । जसमा सो समूहका पाँचजनाले ज्यान गुमाए । 

यस्तै असार ५ गते विप्लव समुहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिए । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्ती खोलामा मुठभेड भएको भनिएको थियो । सो घटनामा राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो । तर, मुठभेड भएकै हो भन्नेमा धेरैले आशंका गरेका छन् । घटनाबारेमा विप्लव आफैंले विज्ञप्ति जारी गर्दै पार्टीका सर्लाही इन्चार्ज पौडेलको गैरन्यायिक हत्या भएको आरोप लगाएका थिए । 

यसअघि सार्वजनिक तथा व्यक्तिको घरमा विस्फोट गराउँदै सर्वसाधारणको ज्यान लिएको विप्लव समूह पछिल्लो समय सुरक्षाकर्मी माथि नै आक्रमणमा उत्रिएको छ । 

प्रहरीको दाबी अनुसार विप्लव समूहका कार्यकर्ता हात–हतियार तथा विस्फोटक पदार्थसहित सुरक्षाकर्मी लक्षित आक्रमणमा उत्रिएका छन् । यसले प्रश्न उठ्छ– ‘के विप्लव समूह साँच्चै द्वन्द्वमा गएको हो ?’ 

उनीहरू हतियार बोकेर खोलानाला र गाउँ–पखेरा हिँड्न थालेका हुन् ? के उनीहरु अब साँच्चिकै राज्यविरुद्ध शसस्त्र युद्धमा होमिएकै हुन् ? स्थिति साँच्चै त्यस्तै हो भने एक–एक जनालाई गोली हानेर मार्दैमा वा दुवै पक्ष मुठभेडमा उत्रिँदैमा समस्याको समाधान हुन सक्छ ? मुठभेडले नै समस्या समाधान गर्ने हो भने राज्यसँग के–कस्तो रणनीति छ ? तर, राज्यको पछिल्लो रणनीति र कारबाहीले समस्या समाधान गर्नेभन्दा द्वन्द्व उक्साउने जोखिम छ । 

जेठ १३ गते काठमाडौंमा बम विस्फोट हुँदा विप्लव समूहकै तीनजनाको मृत्यु भएको थियो । घाईते एक कार्यकर्ताको पनि पछि मृत्यु भएको थियो । १४ गते जेठमा संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले भनेका थिए, ‘विप्लवले चार कम्पनी सेना बनाइसके  ।’ 

राज्यसँग यति ठूलो सूचना छ भने सरकारको पछिल्लो रणनीति घातक देखिन्छ । सरकार वार्ताबाट समस्या समाधान गर्न नभई बल प्रयोग गर्न चाहेको देखिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *