मंगलबारदेखि विराटनगर पनि लकडाउन !

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) को जोखिलाई मध्येनगर गर्दै विराटनगर महानगरपालिकाले मंगलबारदेखि अनिश्चतकालिन लकडाउनको घोषणा गरेको छ । 

महानगरपालिकामा सोमबार बसेको कार्यापालिका बैठकले अर्को सूचना नआएसम्म लकडाउन घोषणा गरेको हो । उद्योगी, व्यवसायी, व्यापारी साथै सरोकारवालाहरुसँग छलफल गरी सोमबार महानगरपालिकाले लकडाउनको निर्णय गरेको हो ।  

मंगलबारदेखि विराटनगरमा उद्योग, व्यवसाय, कलकारखाना, सवारीसाधन संचानल गर्न नपाईने महानगरपालिकाले जनाएको छ । साथै अत्यवाश्यक परेको खण्डमा स्वास्थ्य उपचार तथा कामका लागि मात्रै सवारी साधन सञ्चालन गर्न पाइने महानगरले जानकारी दिएको छ ।  

लगडाउनको समयमा खाद्यन्न, पानी, औषधी पसल, लगायतका पसलहरु बन्द नगरिने महानगरपालिकाका नगर प्रमुख भिम पराजुले बताए । नगरभित्र केही समस्या परेको खण्डमा नजिकैको वडा कार्यालयका पदाधिकारीहरुसँग समन्वय गर्न सकिने उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *