बाढी पहिरोले देशमा रुवाबासी,ज्यान गुमाउँनेहरुको संख्या ३६ नाघ्यो

काठमाडौं, साउन २९। अविरल बर्षासँगै आएको बाढीले बगाएउँदा पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीमा गरि हालसम्म १७ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी बेपत्ता रहेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेशकुमार भट्टराईले जानकारी गराएका छन् ।
अहिले बाढीमा परि बेपत्ता भएकाहरुको खोजी कार्य तीब्र जारी रहेको छ ।

त्यस्तै, उता कोशी ब्यारेजमा पानीको सतह पौने तीन लाख क्युसेक पुगेको छ । ब्यारेजमा रातो बत्ती बलिसको छ भने ब्यारेजको क्षमता पाँच लाख क्युसेक हो ।

आज आइतबारसम्मको तथ्याङ्क अनुसार आइतबार देशभर बाढी पहिरोमा परेर विभिन्न ठाउँमा ३६ जनाको ज्यान गएको छ। त्यस क्षेत्रमा नेपाल प्रहरीबाट ५,६००, सशस्त्र प्रहरी बलबाट करिब १,७०० र नेपाली सेनाका १,००० जना गरी जम्मा ८,३०० जना तालिम प्राप्त सुरक्षाकर्मीहरु प्रत्यक्ष रुपमा उद्दारका लागि फिल्डमा खटिएका छन् ।

त्यस जिल्लाका जिल्ला दैवी प्रकोप उद्दार समितिहरुबाट बाढी तथा पहिरो पीडितहरुलाई चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल,नुन, तेल खरिद गरी वितरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *