भाजपा अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु !

 

माघ ३, काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु भएको छ । अमित शाहले बुधबार राति ट्वीट गर्दै यसबारेमा जानकारी गराएका हुन् । दिल्लीको एम्स अस्पतालमा उनको उपचार भइरहेको छ । 

एम्सका निर्देशक रणदीप गुलेरियाको निर्देशनमा डाक्टरको एक टोली नै उनको स्वास्थ्य स्थितिको रेखदेखमा खटिएको छ । 

null

शाहले ट्वीट गर्दै भनेका छन्, ‘मलाई स्वाइन फ्लु भएको छ । अहिले उपचार चलिरहेको छ । ईश्वरको कृपा, तपाईंहरु सबैको प्रेम र शुभकामनाले म शीघ्र स्वस्थ हुनेछु ।’ 

एम्स स्रोतका अनुसार भाजपा अध्यक्षलाई छाती पाेल्ने र श्वास लिन गाह्रो भएपछि भर्ना गरिएको हो । शाह बुधबार राति ९ बजे एम्सको वार्ड नम्बर ३०१ मा भर्ना भएका हुन् । 

केही दिन अघि केन्द्रिय कानूनमन्त्री रविशंकर प्रसाद पनि एम्समै भर्ना भएका छन् । उनलाई पनि श्वास लिन गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *