निर्मला प्रकरणबारे गृहमन्त्रीः अमेरिकामा पनि यस्तो हुन्छ

 

साउन ७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले अपराधीहरुलाई बचाउन खोज्यो भन्नु दुःखद् भएको बताएका छन् । 

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्मला प्रकरणबारे बोल्दै उनले यस्तो बताएका हुन् । 

null

‘निर्मला प्रकरणमा सरकारले अपराधी जोगाउन खोज्यो भनियो । यसमा धेरै राजनीतिकरण भयो । सरकार यसमा गृह जोडिएको छ । अपराधीको खोजीमा लागिरहेको छ । अभियुक्त बचाउन खोज्यो भन्नु दुःखद् छ’, गृहमन्त्री थापाले भने । 

मन्त्री थापाले निर्मला पन्त प्रकरण जघन्य अपराध भएको भन्दै यस्ता घटनालाई पूर्णरुपमा रोक्न नसकिने स्पष्ट पारे । यस किसिमका अपराध नयाँ र पहिलो नभएको उनको भनाइ छ । 

उनले भने, ‘निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं । विदेशमा पनि यस किसिमका घटनाहरु भइरहन्छ । अमेरिकामा पनि हुन्छ । नेपालमा मात्रै होइन ।’ 

अपराधजन्य घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको उनको दाबी थियो । निर्मलाका अपराधीलाई कानुनी कठघरामा उभ्याउने पनि उनले प्रतिबद्धता जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *