निलम्बित कांग्रेस सांसद आलमलाई ८ दिन थुनामा राख्न अनुमति

कार्तिक ८, काठमाडौं । हत्याको आरोपमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई जिल्ला अदालत रौतहटले ८ दिनको म्याद थप गरेको छ ।   

स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका आलमलाई अदालतले अनुसन्धान गर्नको लागि ८ दिनको म्याद थप गरेको हो । प्रहरीले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । न्यायाधीश केशव पाण्डेको इजलाशले ८ दिनको म्याद थप गरेको हो ।     

यसअघि सुरुमा सात दिन र त्यसपछि पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो। 

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद रहेको आलमलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको समयमा घरमा बम बनाइरहेका बेला विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै  इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो ।   

सांसद आलमले भने हुँदै नभएको घटनामा आफूलाई फसाउन खोजेको दाबी गर्दै आइरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *