‘कम्युनिष्टहरु अर्को निर्वाचनमा पत्तासाफ हुन्छन्’

कार्तिक ७, सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले आगामी निर्वाचनमा नेपालमा कम्युनिस्टहरुलाई पत्तासाफ बनाएर नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् ।   

आज (बिहीबार) सिन्धुपाल्चोकको बाह्रबीसेमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महतले कम्युनिस्टहरुले गत निर्वाचनमा भ्रमको खेती गरेर जनताको मत आफू तिर तानेको बताए ।   

नेता महतले गाउँमा विकास गर्न बाटोको आवश्यकता पर्ने भन्दै नेपालमा जति पनि बाटाघाटा बनेका छन् ती अधिकांश आफ्नो सरकारले बनाएको जिकिर गरे । उनले शिक्षाको विकासमा पनि कांग्रेसको जति योगदान अरु पार्टीले नगरेको उल्लेख गरे ।   

कांग्रेसमा आफैँले आफ्नैलाई हराउने खेल भएको भन्दै त्यतातिर नलाग्न पनि कार्यक्रममा कार्यकर्ताहरुलाई आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कर माथि कर बढाएर नेपालमा उद्योग धन्दा खोल्ने वातावरण बिथोलेको उनको आरोप छ ।   

उद्योग धन्दा नबढे रोजगार नबढ्ने र रोजगार नबढे देश समृद्ध नबन्ने भन्दै सहमहामन्त्री महतले सरकारलाई लगानीको वातावरण बनाउन आग्रह गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *