बन्यजन्तु सप्ताहमा जनावर र चराको फोटो प्रर्दशन

वैशाख ५, चितवन । २४ औं वन्यजन्तु सप्ताह अर्न्तगत विहीवार चितवनको पर्यटकीय नगरी सौराहामा जनावर र चरा चुरुङ्गीको फोटो प्रर्दशन गरिएको छ । सप्ताहको पाँचौ दिन चितवन राष्ट्रिय निुकञ्ज भित्र खिचिएका जनावर तथा चरा चुरुङ्गीहरुको फोटो प्रदर्शन गरिएको हो । 

 

राप्ती नदी सरसफाई गरेर सुरु भएको बन्य जन्तु सप्ताहाको पाँचौ दिन सामुदायिक सीप केन्द्रको आयोजनामा फोटो प्रर्दशनी भएको थियो । फोटो प्रर्दशनीमा पर्यटन ब्यबसायी तथा नेचर गाईडहरु बिनिता घिमिरे, युवनारायण पौडेल, नारायण रिजाल, लोजिक श्रेष्ठ, सोम लामा, रामकृष्ण कंडेल, टेक बहादुर गुरुङ, रमोद सुनार, कुमार महत्तो र बिष्णु प्रसाद रिजालले खिचेका तस्बिर प्रर्दशनीमा राखिएको थियो । 

null

औपचारीक रुपमा भएको कार्यक्रममा प्रमुख अतिथी मृगकुञ्ज मध्यवर्ती उपभोत्ता समितिका अध्यक्ष बासुदेब ढुङ्गानाले सौराहाको प्रचारको लागि र आफ्नो पारिश्रमिकको लागि भए पनि ब्यबसायिक बनाउन आग्रह गरे । 

 

उनले फोटोको माध्यमबाट पनि सौराहालाई चिनाउन सकिने भन्दै फोटो ग्राफरहरुलाई ब्यबसायीक रुपमा अगाडि वढ्न आग्रह समेत गरे । सामुदायीक सीप बिकाश केन्द्रका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाट, क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, फोटो ग्राफर लोजिक श्रेष्ठ लगायतले वन्यजन्तु सप्ताह र फोटोहरुलाई व्यवासयीकता दिनेबारे मन्तव्य राखेका थिए । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *