तनहुँको ढावमा बस दुर्घटना, १३ यात्रु घाइते

 

साउन १९, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–ढावमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । 

आज (बिहान) नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।  

null

दुर्घटनामा घाइते भएका यात्रुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था समान्य छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *