उत्तर कोरियामाथि कारबाहीको विकल्प नरहेको ट्रम्पको चेतावनी

काठमाडौं, भदौ १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि कारबाहीको विकल्प नरहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताएका हुन् ।

उनले उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको स्पष्ट पार्दै अब कारबाहीको विकल्प नरहेको बताए ।

आफूहरुले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता नै गरिरहेको तर उसले त्यसको नाजाय फाइदा लिएको उनको भनाइ छ ।

तर अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले भने अझै पनि वार्ताबाट समाधान खोज्न सकिने सम्भावना रहेको बताएका छन् ।

उत्तर कोरियाले लगातार मिसाइल परिक्षण गरेपछि अमेरिका आक्रामक बन्दै आएको छ । उसले गत मंगलबार पनि जापानी भू–भाग माथिबाट जाने गरी मिसाइल प्रहार गरेको थियो ।

त्यसलाई उत्तर कोरियाले मिसाइल प्रहार गुर्न प्रशान्त क्षेत्रमा आफ्नो सैन्य अभियानको पहिलो चरण रहेको बताएको थियो ।

उत्तर कोरियाले आफ्नो निशाना प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआम रहेको चेतावनी दिएको थियो ।(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *