खम्बामा टाँस्नु
‘खर्च न पर्च काँसी जानु पर्च । एकै उखानमा ओलीले बाणी तुर्याए ।
सन्दर्भ थियो, सामाजिक सूरक्षा कोषको तामझाम गर्नु पर्ने । श्रम तथा सामाजिक मन्त्री गोकर्ण बिष्ट चुपचाप बसिराखेका थिए । प्रधानमन्त्रीको कुरा सुने उनको पातलो ओठ अझै चुच्चो र काँप्न थालिरहेको थियो । मुखकोमाथि नाकका दुवै छेउमा अरु दिनभन्दा बढी नै कान्ला परिरहेको थियो । चुच्चो र लामो नाक खुम्चेर माथितिर सरेको थियो ।
उनलाई केहि गरेर देखाउने मनसुवाले भित्रभित्रै पोलिरहेको कुरा उनको मुहार पृष्ठमा बाहिरै झल्किन्थ्यो । सहभागिता–योगदान–सामाजिक सूरक्षा जस्तो हेवीवेट नारालाइ सफल बनाउन लागि परेका मन्त्रीलाइ आपत आइलाग्ने होकि भन्ने डर एक तमासले भैरहेको थियो । मलेशिया श्रमिक आपूर्ति प्रकरणमा नराम्रोसंग पछारिएपछि बोरिन गरेको यो कार्जेकरम पनि तुहियो भने घर न घाटमो हुने निश्चित मात्र हैन कन्फर्म नै थियो । यसकोलागि प्रधानमन्त्रीलाई मनाउनु एकसूत्र मात्र बाँकी थियो ।
null
‘जाडोमा पत्रिकालाइ जाकेट लगाइ दिने कुरा त जायजै हो तर भित्तामा फोटा टाँस्ने कुरा चैं अलिक हजम भएन ।’ ओलीले झपार्ने शैलीमा भने ।
‘खर्च पर्च चाहिँदैन हजुर । केबल हजुरको स्वीकृती चाहियो ।’ विष्टले छोटो अनुरोध गरे ।
‘तेसो भा के गर्ने हो ?’ ओलीले प्रश्न तेस्र्याए ।
विष्ट जोशिँदै गए । तात्तादै प्रस्ताव पेश गर्न थाले । ‘जाडोको मौसम छ हजुर, हजुरको फोटो भएको जाकेट पत्रिकालाई लगाइदिने । यसो गरेपछि पत्रिका र पत्रकारको सूरक्षा हुन्छ । सर्वसाधारणलाइ आश्वस्त बनाउन फोटो भित्तामा टाँस्ने यति भएपछि कार्जेकरम सुसम्पन्न हुनेछ ।’
‘जाडोमा पत्रिकालाइ जाकेट लगाइ दिने कुरा त जायजै हो तर भित्तामा फोटा टाँस्ने कुरा चैं अलिक हजम भएन ।’ ओलीले झपार्ने शैलीमा भने ।
बल गरेर विष्टले भित्तामा फोटा टाँस्न नहुने कुराको बोध गर्न चाहे र बल झिकेर सोधे, ‘किन हजुर ?’
ओलीले सविस्तार भन्न सुरु गरे,–‘भित्ताको कुरा प्रचन्नकै पालामा फ्लप भैसकेको हो । भित्तामा टाँस्ने हुँदा भित्ते राष्ट्रपती भनेर खुबै जिस्क्याए । अब मेरो फोटो पनि त्यसरी नै टाँसियो भनेके हुन्छ ? कतै भित्ताको मात्रै प्रधानमन्त्री हुइने त हैन ? प्राग–ऐतिहासिक तथ्यहरु तिमेरु हेर्दै नहेर्ने । हामी कम्युनिष्टहरुले इतिहासबाट शिक्षा लिनु पर्छ । द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद थाहा छैन ? बाह्रवर्ष माक्र्सवाद पढायो लेनिनको पहाड घर कहाँ भने जस्तो तिमेर्को चिन्तन ।’ओलीले बाँणी तुर्याए ।
बिष्टको चिन्तन धारा भित्रभित्रै सुरु हुन थाल्यो । उनको भृकुटी खुम्चिँदै गयो । एकै छिनमा उनले जोर कि विजोर गरेर औंला भाँच्न थाले । कपाल कन्याए । आङ तन्काए । नाकको पोरा फुलाए । बडी लेङ्ग्वेजलाइ सहज बनाउने कोसिस गरे । अन्तिम कोसीस गर्दै भने,–‘उसो भा बिजुलीको खम्बामा टाँस्ने ।’
ओलीले भने,–‘ठीक ।’
अब के चाहिएको थियो । बिजुलीका खम्बामा फोटोसहितको सामाजिक सूरक्षा सन्देश टाँगियो । जताजता बाटोघाटो राम्रो छ उतैका पोल आधारातमा रातारात फोटाले सिँगारिए । विहान उठ्दा सबैले नव जुगमा प्रवेश गरेको ठाने फोटो हेरेर । जन्ता जनार्दनका मनोविज्ञानमा प्राग ऐतिहासिक सत्तेजुग, द्वापरजुग, त्रेताजुग र कलिजुगको अन्त्य भएको भान पर्यो । नयाँ जुगका नयाँ मनुवा भएको धेरैले ठाने । पुरानो कोट थन्क्याए नयाँ कोट आङ्गमा सिउरिए । कार्जेक्रम सभ्यतापूर्वक भव्य तौरतरिकामा सम्पन्न भयो ।
त्यसको केहि दिन पछि निर्मला पन्तका अभियानकर्ताले पनि त्यहि सिको गरे । बाख्रालाइ कोनी के गर्दा बोकालाई सजिलो भने जस्तो । खम्बा प्रकरणमा जस्लाइ जे भएपनि पुलिसको चैं हुर्मत नै गयो । दिनहुँ भर्याङ बोक्नु पर्ने अनि बिजुलीको खम्बामा टाँसेको निर्मला पन्तको फोटो उप्काउनु पर्ने ।