कोरोना प्रकोप : न्यूयोर्कमा बुलेट ट्रेनको गतिमा संक्रमण फैलँदो

चैत १२, काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रू कोमोले कोभिड-१९ ‘बुलेट ट्रेन’ भन्दा तीव्र गतिमा फैलिरहेको बताएका छन् ।   

संक्रमण बढ्दो क्रममा रहेको भन्दै उनले औषधोपचार सामग्रीको आपूर्तिका लागि अपील गरे । संगलबार पत्रकारहरूसँगको कुराकानीमा उनले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए । संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे । 

संघीय सरकारले चार ४०० वटा भेन्टिलेटर पठाएकोमा उनले आलोचना गरे । न्यूयोर्कमा ३०,००० वटा भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल ७,००० वटा रहेको उनले बताए । न्यूयोर्कमा हालसम्म २५,००० जनालाई सङ्क्रमण अनि कम्तीमा २१० जनाको मृत्यु भएको पुष्टि भएको छ । 

null

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ०ले मंगलबार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रबिन्दु बन्ने सम्भावना रहेको बतायो । राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन् । 

बीबीसी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *