कालिकामा स्थानीयलाई रोजगार सुरु, २० जनाले पाए काम
असार १, चितवन । चितवनको कालिका नगरपालिकाले बेरोजगारहरुलाई रोजगारी दिन सुरु गरेको छ ।
नगरस्तरमा सञ्चालित विकास निर्माणको काममा उनीहरुलाई सहभागी गराउँदै रोजगारी प्रदान गरेको हो ।
null
कामका लागि पारिश्रमिकमा आधारीत सामुदायिक आयोजना नाम दिएर पहिलो चरणमा २० जना युवाहलाई नगरपालिकाले रोजगारी दिएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए ।
सामुदायिक आयोजनाको आईतबार उद्घाटन समेत गरिएको छ । कालिका नगरपालिका ११ रिक्तेशदेखी मझवाङ सम्म नाला खन्ने काममा ति युवाहरुलाई खटाईएको हो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत सोही बेरोजगारको सुचीमा सुचीकृत भएका ५८ जना मध्ये पहिलो चरणमा २० जनालाई रोजगारी दिइएको मेयर श्रेष्ठले बताए । उनीहरुले दैनिक ८ घण्टा काम गरेवापत सरकारले तोके अनुसार ६ सय ३० रुपैया प्राप्त गर्नेछन् ।
उनीहरुले २० दिनका लागि काम गर्नेछन् । सामुदायिक आयोजनाको उद्घाटन गर्दै मेयर श्रेष्ठले मानिसले सम्भव हुने पुर्वाधार निर्माणको काममा अब ठुलो मेसिनको प्रयोग नगर्ने उद्घोष गरे । केन्द्रबाटै ढिलो कार्यक्रम आएकाले सवै वडामा यसलाई विस्तार गर्ने नगरपालिकाले जनाएको छ । यो वर्ष २२० जनाले रोजगारी पाउनेछन् ।
कालिका नगरपालिकामा ३ हजार १९६ जनाले वेरोजगारको फाराम भरेको नगरपालिकाका रोजगार संयोजक रामशरण स्वतीले जानकारी दिए ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि सरकारले १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सामुदायिक आयोजना उद्घाटन कार्यक्रममा कालिका नगरपालिका उपप्रमुख कमला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, कालिका ३ का वडाध्यक्ष टिकाराज रिजाल, वडा नम्वर ४ का वडाध्यक्ष कृष्णकुमार श्रेष्ठ, वडा नम्बर ११ का वडाध्यक्ष कृष्ण वहादुर प्रजा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।