वुमन्स टी २० स्म्यास: इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाइनलमा

 

माघ ४, काठमाडौँ । थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनायो । 

null

कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् भने इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गरे । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् । सीता ४८ रनमा रनआउट भएकी थिइन् भने नेरी थापा पाँच रनमा क्याचआउट भइन् । 

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया भने २७ रनमै अलआउट भयो। 

इन्डोनेसियालाई कम स्कोरमा अलआउट गर्न घातक बलिङ गरिरहेका नेपाली बलरको अगाडी इन्डोनेसियाको हार सुनिश्चित भयो । इन्डोनेसियाका लागि युलिया अङ्ग्राएनीले सर्वाधिक १३ रन बनाइन् । 

कप्तान रुविन क्षेत्रीले ३.१ ओभरमा २ ओभर मेडन राख्दै २ रन खर्चेर ४ विकेट लिइन्। सीता राना मगरले २ ओभर बलिङ गर्दै २ रन खर्चेर १ विकेट लिइन् भने १ ओभर बलिङ गरेकी नेरी थापाले १ रन खर्चेर १ विकेट लिइन्। 

यस्तै कविता कुँवरले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् भने सरीता मगरले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिइन्। 

प्रतियोगितामा समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको नेपालले फाइनलमा युएई र थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ । 

प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रहदै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा चीनलाई १० विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट, तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ए लाई ९ विकेटले हराएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *