कृष्णा फाउन्डेसनले ३ दिने शैक्षिक इन्फरमेसन सेसन गर्दै

चैत्र २२, काठमाडाैं । भारतीय शिक्षण प्रणाली, जिबन उपयोगी, शीप र दक्षताले भरिपुर्ण भएकाले नेपाली बिद्यार्थीहरू मात्र नभई संसारका बिभिन्न मुलुकहरुबाट अध्ययनका लागि बिद्यार्थी हरू भारत जाने गरेका छन् । कला, संस्कृति, रितिरिवाज, भाषा, खानपान देखि लिएर बसोबास र जीवनस्तरमा समानता रहनुले पनि बर्षेनी हजारौंको संख्यामा नेपाली बिद्यार्थी हरू भारतीय शैक्षिक संस्थाहरुप्रती आकर्षित भएका हुन् । 

यसै कुरालाई मध्यनजर गर्दै नयाँ बानेश्वर स्थित कृष्णा फाउन्डेशनले स्थापना काल देखि नै भारतीय शैक्षिक संस्थाहरूमा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको छ । 

 

null

कृष्णा फाउन्डेशनको सहकार्यमा काठमाडौंमा तिन दिने करियर काउन्सिलिङको एण्ड इन्फर्मेसन सेसनको आयोजना गरिएको छ । उक्त कार्यक्रममा भी आइटि युनिभर्सिटी भेल्लोर, जैन युनिभर्सिटी बेंगलोर, बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोर, एसआरएम युनिभर्सिटी चेन्नाई र कृष्णा फाउन्डेशनका प्रतिनिधिहरूले अप्रिल ६,७ र ८ तारिख नयाँ बानेश्वर स्थित कृष्णा फाउन्डेशनमा र ९ अप्रिल बिराटनगर स्थित डाइनामिक एजुकेशनमा रहेर परामर्श प्रदान गर्ने छन्। 

यसै बिषयमा केन्द्रीत हुँदै कृष्णा फाउन्डेसनले सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधि र पत्रकारहरुमाझ पत्रकार सम्मेलन गरेको छ । 

पत्रकार सम्मेलनमा कृष्णा फाउन्डेशनका प्रबन्ध निर्देशक सुजित कर्णले भारतीय उत्कृष्ट शैक्षिक संस्था हरूलाई नेपालमा ल्याएर बिद्यार्थी हरू लाई बढि भन्दा बढि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले कृष्णा फाउन्डेशनले यो कायक्रमको आयोजना गरिएको बताए । 

कृष्ण फाउन्डेशनले केही महिना पछि बृहत भारतीय शैक्षिक मेलाको समेत आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा भी आइटि युनिभर्सिटी भेल्लोरका डाइरेक्टर इन्टरनेसनल रिलेसन अरविन्द सिभामनीले नेपाली बिद्यार्थी हरूको उत्कृष्ट नतिजा आएको र नेपाली बिद्यार्थी हरूले भी आइटि युनिभर्सिटी मनपराएकै कारण यस बर्ष पनि बिद्यार्थीहरू लाई परामर्श प्रदान गर्न नेपाल आएको जानकारी दिए । 

 

जैन युनिभर्सिटी बेङ्गलोरका नेपाल प्रतिनिधि राहुल जेसवालले जैन युनिभर्सिटी, जैन युनिभर्सिटीको शैक्षिक प्रणाली र नेपाली बिद्यार्थीहरू यस युनिभर्सिटीमा रहेको उपस्थितिका बारेमा जानकारी गराए । ईन्जिनियरिङ अध्ययनको बारेमा जानकारी गराउने उद्देश्यले बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोरले इन्फर्मेसन सेसनमा बिद्यार्थी र अभिभावकहरू लाई परामर्श प्रदान गर्ने कलेजकी सिनियर काउन्सलर इञ्जिनियर पुजा पञ्जीयारले बताइन् । 

एसआरएम युनिभर्सिटी चेन्नाई की सिनियर काउन्सलर निसी रानीले आफ्नो शैक्षिकसंस्था लाई बिगतका दिनमा अध्यनमा गएका बिद्यार्थी हरूले बिश्वास गरेको र देश(बिदेशमा प्रतिष्ठीत स्थानमा काम गरी नेतृत्व बिकास गर्दै बिश्वबिद्यालय नाम उच्च राखेको जानकारी जिकिर गरिन् । नेपाली बिद्यार्थी हरू लाई सहजै यात्रा गर्न सकिने, बिश्वस्तरिय गुणस्तरीय शिक्षा र व्यवसायिक शिक्षाका लागि भारत नजिकको शैक्षिक गन्तब्यको रुपमा चिनिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *