कस्तो रहला आजको मौसम ? यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव र पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेकोले मौसम बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदुर पश्चिमी भू-भाग लगायत अन्य पहाडी भू-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

जेठ १७ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १८ गते (आईतबार)
दिउँसोः देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १९ गते (सोमबार)
दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *