ओकोयामाबाट आएको सहयोगले राक्सिराङमा राहत वितरण

ध्रुवराज खनाल/

चितवन ।  मकवानपुरको राक्सिराङ सिमरका स्थानीयलाई शनिवार राहत वितरण गरिएको छ ।

ओकोयामा नेपाली समाज जापानका अध्यक्ष प्रेम आचार्यको नेतृत्वमा संकलित सहयोगले राक्सिराङ गाउँपालिका ६ सिमर गाउँका ८० घरधुरीलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।

आचार्यले पठाएको सहयोग खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेल मार्फत वितरण गरिएको थियो ।

गजुरेलसंगै राहत वितरणका लागि नेपाल बार एसोसियसन चितवनका अध्यक्ष कमल पाठक, समाजसेवीहरु लेखवहादुर पुन, अशोक न्यौपाने लगायतको टोली करिब २ घण्टाको गाडीको यात्रा गरी सिमर गाउँ पुगेका थिए । त्यस वडाका वडाध्यक्ष सिंहलाल प्रजा, स्थानीय शिक्षक दिलकुमार चेपाङको रोहवरमा ति ८० परिवारलाई ३० किलोको एक एक बोरा चामल, २ किलो दाल,एक लिटर तेल, एक किलो नुन, दुई दुई थान हात धुने सावुन वितरण गरिएको हो । वर्षको ६, ७ महिना अनिकाल लाग्ने त्यस क्षेत्रका स्थानीय राहत पाएपछि  खुसी देखिन्थे ।

यहाँका ९० प्रतिशत जनता ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका छन् । लकडाउनका कारण अहिले उनीहरुको काम खोसिएको छ । राहत वितरणका क्रममा वडाध्यक्ष प्रजाले राहत वास्तविक गरिव, विपन्नले पाएको भन्दै सहयोगी दाता प्रति धन्यवाद दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *