लकडाउन खुकुलो बनाउनु पर्नेमा सांसदहरुको जोड

काठमाडौं। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि घोषित लकडाउनलाई खुकुलो बनाउँदै लैजानु पर्नेमा सांसदहरूले जोड दिएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले कोरोनाको प्रभाव र जोखिमको विश्लेषण गरी सुरक्षित स्थानको पहिचान गरेर त्यहाँ लकडाउन खुकुलो बनाउनु पर्ने उनीहरूको जोड छ।

सांसद शशी श्रेष्ठले सुरक्षित स्थानको निर्धारण गरेर विश्वव्यापी मान्यता अनुसार दुरी कायम राखेर आवत जावत खुकुलो बनाएर दैनिक जनजीवन सहज र व्यवस्थित बनाउनु पर्ने बताइन्। उनले भनेकी छन्, ‘कोरोनाको प्रभाव र जोखिमको विश्लेषण गरी सुरक्षित स्थानको पहिचान गरी त्यस क्षेत्रमा आवागमनमा कडाइ गरेर निर्धारित सुरक्षित अनुसार स्थानीय विश्वव्यापी मान्यता अनुसारको निश्चित दुरी कायम राखेर आवत जावत खुकुलो बनाएर दैनिक जनजीवन सहज र व्यवस्थित गर्दै लैजानु पर्छ।’

कोरोना महामारीपछि अब नेपाल आत्मनिर्भर अर्थतन्त्र विकासमा जोड दिनुपर्ने उनले बताए। कोरोना महामारीपछि आत्मनिर्भर अर्थतन्त्र विकासका लागि एक महत्त्वपूर्ण अवसर भएको पनि उनको भनाइ छ। आन्तरिक उत्पादन बढाएर विद्यमान आयातलाई प्रतिस्थापन गरी बिचौलिया समस्याको अन्त्य गरिनु पर्ने सांसद शशी श्रेष्ठले जोड दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *