भारतीय नागरिकको समूह नेपाल प्रवेश गर्न खाेजेपछि सर्लाहीमा हवाइ फायर

काठमाडौं । लकडाउनका समयमा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीमा तनाव सिर्जना हुँदा हवाई फायर भएको छ ।

आइतबार बिहान साढे ६ बजेको समयमा सर्लाहीको विष्णु गाउँपालिका २ पकडी भन्ने ठाउँबाट करिब ३०/४० को भारतीय समूह नेपाल प्रवेश गर्न खोजेपछि तनाव सिर्जना हुँदा स्थिति नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो ।

भारतीयको समूह नेपाल छिर्न लागेको सूचनापछि बाराको सिमरास्थित बोर्डर आउट पोस्ट (बिओपी) बाट खटिएको सशस्त्र प्रहरी बलको टोली पुग्दा ती समूहले नेपाली सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयास गर्न थालेपछि हवाइ फायर गर्नु परेको सशस्त्र प्रहरी हेडक्वाटरले जनाएको छ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ । हवाइ फायर गरेपछि भीड तितरबितर भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *