पत्रकार महिलाहरुका लागी एक दिने क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न

सुनसरी । जिल्लाकाे धरानमा महिला पत्रकारहरुलाई लक्षित गर्दै क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरिएकाे छ । क्रियाशिल पत्रकार महिलाहरुको संस्था डब्लुडब्लुजेले प्रदेश सांसद कोषको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

धरानमा क्रियाशिल पत्रकार महिलाहरुका लागि कोरोना महामारीले पर्यटन क्षेत्रमा परेका प्रभावको बारेमा बिषय बिश्लेषण तथा पार्ने प्रभाव र तीनका उपायसँगै पत्रकार महिलाहरुले आ-आफनो ठाउँबाट खेल्ने भुमिकाको बारेमा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बरालले सहजीकरण गरेका थिए ।

सोही सहजीकरणमा बरालले कोरोना महामारीका कारण धरासायी भएको पर्यटन ब्यवसायलाई पत्रकारको कलमको माध्यमबाट माथि उठाउन सकिने उपायहरुको बारेमा जानकारी गराएको क्रियाशिल पत्रकार महिला सुनसरीका अध्यक्ष मनिता चाम्लिङ राईले जानकारी दिइन् ।

कार्यक्रममा सुनसरीका २० जना पत्रकार महिलाहरुको सहभागीता रहेको थियो । मनिता चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाेल्दै विशेष अतिथि वडा नं १२ का वडा सदस्य चुनु थापाले लामो समय सम्म रोकिराखेको पर्यटन ब्यवसाय अत्यन्तै मारमा परेकाे र सो मारमा परेका पर्यटन ब्यवसायलाई पत्रकारिताको माध्यमबाट माथि उठाउन खेल्ने भुमिकाको प्रशंसा गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *