रुकुम घटनाः विरोध प्रदर्शनमा डा. बाबुराम भट्टराई पनि

काठमाडौं । पश्चिम रुकुमको चौरजहारीमा भएको कुटपिट तथा हत्या प्रकरणको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) लगायतका युवा समूहले माइतीघर मण्डलामा आज (आइतबार) विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसहितका नेताहरु पनि सहभागी भएका छन् ।

गत जेठ १० किशोरी भगाउन छिमेकी गाउँ, भेरी नगरपालिका ४, रानागाउँबाट दलबलसहित युवाको एक समूह सोती गाउँ पुगेको थियो । केटीको आमाको हारगुहारपछि गाउँलेहरूले साङ्घातिक आक्रमण गर्दा प्रेमी नवराज विकसँगै उनका पाँच जना साथीहरु मारिएका थिए । सोही हिंसाको विरोधमा प्रदर्शन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *