बाँके दुर्घटना: भारतबाट घर फर्किंदै गरेका १२ जनाको मृत्यु [अपडेट]

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकामा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गए राति ठोक्किएर दुर्घटना हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका-२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् ।

घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *