जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी

सुर्खेत। जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ।

संक्रमणको सम्भावित उच्च जोखिकलाई मध्येनजर गरी समुदाय स्तरमा संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। यस अवधिमा घरबाट बाहिर ननिस्कन सबैमा आग्रह गरिएको छ। निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका सबै पसलहरु बन्द हुने उल्लेख छ। बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुन्ने सूचनामा जनाइएको छ।

जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिन नदिन त्यहाँ उच्च सतर्कता अपनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *