कर तिर्न सरकारले दिएको निर्देशनको अवज्ञा गर्न कांग्रेसको आह्वान

काठमाडौं। राजश्व विभागले जेठ २५ गतेभित्र कर तिर्न जारी गरेको सूचनाको अवज्ञा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आह्वान गरेको छ। लकडाउन जारी रहेका बेला विभागले मंगलबार सूचना प्रकाशित गरेर सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न निर्देशन दिएको छ। सोही सरकारी निर्णयको भद्र अवज्ञा गर्न नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटमार्फत आह्वान गरेको हुन्।

‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता! जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन,’ उनले भनेका छन्, ‘गलैंचा, जिमखाना र यो ताकेता! सोध्न चाहन्छु- कसैको व्यक्तिगत सनकमा देश चल्दैछ ? कि यही हो- कम्युनिस्ट समाजवादको आधारशिला!’

विभागको उक्त निर्देशनप्रति व्यवसायीहरुले जनाएका छन्। राजश्व विभागले गत फागुन र चैत महिनाको मासिक कर विरण, माघ र फागुन महिनाको द्धिमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिकको कर दाखिला गर्ने निर्देशन दिएको छ। यस्तै गत फागु्न र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने मन्त्रालयले जानकारी दिएको छ।

सूचना अनुसार फागुन र चैत महिना बुझाउनु पर्ने अग्रम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको करण दाखिल गर्नुपर्ने छ। यसैगरी आयकर ऐन अनुसार गत चैत महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६–०७७ को संशोधन जेठ मसान्तसम्म बुझाउनु पर्ने छ। मन्त्रालयले आर्थिक ऐन बमोजिम गत फागुन र चैत महिनाका शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दुर सञ्चार सेवा दस्तुर दाखिला गर्नु पर्ने जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *