सप्तरीमा जग्गाका विषयमा दुई समूहबीच झडपः प्रहरीद्वारा हवाई फायर, १५ जना घाइते

सप्तरी । सप्तरीमा जग्गाका विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान जग्गाको विषयमा दुई पक्षबिच झडप भएको थियो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गर्दा १५ जना घाइते भएका हुन् । घाइहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

घटना चर्कँदै गएपछि नियन्त्रणमा लिनका लागि प्रहरीले ८ राउण्ड हवाई फायर समेत गर्नु परेको थियो । अहिले घटना नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *