भारतमा काेराेना संक्रमित संख्या २ लाख नाघ्याे, २४ घन्टामा २१७ जनाकाे मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ९ सय ९ नयाँ संक्रमित फेला परेका छन् भने २ सय १७ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म त्यहाँ ५ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *