विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर (करीब १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ ।

विश्व बैंकका अनुसार बुधबार नेपालले पाउने ऋण सहायता स्वीकृत भएको भइसकेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ ।

उक्त रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत नेपाललाई प्राप्त भएको हो । कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्यूत क्षेत्रको सुधारका लागि नेपालले ऋण लिएकामा लागि यो रकम खर्च गरिने बताइएको छ । कोरोना मारमा परेको अहिलेको अवस्थामा नेपालको उर्जा क्षेत्रलाई पुनरुत्थान गर्नका लागि यसबाट सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *