एमसीसीको विरोध जताततैः काठमाडौंमा आजपनि प्रदर्शन

काठमाडौं । अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौताविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा बुधबार दिउँसो एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरिएकाे हाे । सत्तारूढ नेकपा निकट विद्यार्थी स‌ंगठनसहित विभिन्न दल निकटका भातृ संगठनले माइतीघरमा छुट्टाछुट्‍टै प्रदर्शन गरेका हुन् ।

सत्तारूढसहित विभिन्न दलका विज्ञहरूले एमसीसी घातकाे भएकाे भन्दै सजग गराउँदा गराउँदै पनि सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश गरेपछि यसकाे चाैतर्फी रूपमा विवाद बढेकाे छ । काठमाडाैं लगायत विभिन्न जिल्लामा दिनहुँजसाे प्रदर्शन भइरहेका छन् ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय विपरित एमसीसी सम्झौता बजेटमा घुसाएपछि नेकपाभित्रै पनि फेरि एकपटक विवाद उत्कर्षमा पुगेको छ । एमसीसी मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, स्वतन्त्रता विरोधी भएकाले एमसीसी सम्झौताका केही अशं संशोधन गरेर मात्रै त्यो संसदबाट अनुमोदन गर्नुपर्ने जानकारहरूकाे अडान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *