काठमाडौंमा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय

काठमाडौं। उपत्यका क्षेत्रमा लकडाउन खुकुलो बनाउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिलाई सिफारिस गरिने भएको छ। बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायको संयुक्त बैठकले लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको हो।

उद्योगी/व्यापारीहरूले लकडाउन अवज्ञा गरेर व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि आज उक्त विषयमा छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको आकस्मिक बैठक बसेको थियो।

बैठकमा काठमाडौं प्रहरी प्रमुख, एसएसपी श्याम ज्ञवालीले निश्चित मापदण्ड तोकेर लकडाउन सहज बनाउने विषयमा छलफल भएको बताए। प्राथमिकताका आधारमा अहिले खुकुलो बनाउन सकिने क्षेत्रलाई मात्रै सहज बनाउनुपर्ने विषयमा छलफल भएको उनले बताए। सोही आधारमा उच्चस्तरीय समितिलाई सिफारिस गरिने उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका पदाधिकारीहरूले केही व्यवसायीहरूसँग पनि छलफल गरेका थिए। छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *