विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याईंदै, आज युएई र म्यानमारबाट आउने

काठमाडौं । सरकारले तेस्रो मुलुकमा अलपत्र परेको नेपाली ल्याउने तयारी गरेको छ । सोही अनुसार आज खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँदैछ ।

यूएईले २ सय १० र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो । फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्ने छैन । नेपाली श्रमिकलाई घर फर्काउन युएईले केही दिनभित्रै थप आठ उडान गर्ने तयारी गरेको छ । त्यहाँ रहेका करिब १८ हजार नेपाली श्रमिकले स्वदेश फर्किन दूतावासमा आवेदन दिएका छन् ।

म्यानमारमा अलपत्र परेकालाई भने सेनाको पहलमा स्वदेश ल्याउन लागिएको हो । म्यानमारबाट २६ जना नेपाली ल्याउन नेपाली ल्याउन परराष्ट्र मन्त्रालयको पहलसँगै सेनाले त्यहाँको सेनासँग आग्रह गरेको थियो । नेपाली सेनाको आग्रहलाई स्विकार्दै म्यानमारको सेनाले आफ्ना दुईवटा विशेष जहाजबाट त्यहाँ अलपत्र परेका नेपालीलाई ल्याउन तयार भएको हो ।

म्यानबारबाट नेपाली लिएर उडेको सेनाको विशेष जहाज बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । यूएईबाट नेपाली लिएर एयर अरेबियाको चार्टड विमान शुक्रबार अपराह्न काठमाडौंमा अवतरण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *