क्वारेन्टाइनमै जन्मिए दुई शिशु

डोटी । भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।

यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बसेकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार २१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन् । उनी बसेको क्वारेन्टाइनमा ७४ जना छन् । “आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु”, वडाध्यक्ष खड्काले भने, “आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टाइनमा बस्ने गरेर पठाउँछौँ ।”

त्यसैगरी शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टिनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माएकी छन् ।

उनी भारतको मुम्बइबाट जेठ १५ गते श्रीमानसँगै घर फर्किएर क्वारेन्टाइन बस्दै आएकी छन् । पुजाले सकुशलरूपमा शिशुलाई जन्म दिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए । अहिले दुवै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *