४ वर्षीया बालिका बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ

  • रबिन्द्र यादव

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा चार बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फरार अभियुक्त पक्राउ परेका छन् । जिल्लाको सरावल गाउँपालिका ४ बस्ने ३१ बर्षिय राजकुमार सहानिलाइ प्रहरीले बिहिवार राति ८ बजेको समयमा महेसपुर नाकाबाट पक्राउ गरेको हो ।

अभियुक्त सहानीले केही दिन अगाडि गाउँपालिका ४ मङ्लापुर गाउँ बस्ने ४ वर्षीया बालिकालार्इ घरमा कोही नभएको बेला जबरजस्ती करणी गरेको बालिकाको परिवारले आरोप लगाएका थिए । बलात्कारपछि आरोपित सहानी फरार भएका र उनको खोजी कार्य भैरहेको थियो ।

बालिकाको परिवारले अभियुक्त सहानी विरुद्ध बलात्कार मुद्दाका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्। जाहेरी आएपछि प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान गरि रहेको र सहानीको खोजी कार्य समेत गरि रहेको थियो । प्रहरीले बिशेष सुराकीको आधारमा आरोपित सहानीलार्इ पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *