चौरजहारी घटनाः थप ७ जना पक्राउ

काठमाडौँ । रुकुमपश्चिम घटनामा चौरजहारी नगरपालिका– ८, सोतीका थप ७ जना पक्राउ परेका छन् । नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशंकामा थप ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन रहेका छन् ।

प्रहरीले यसअघि १८ जनालाई नियन्त्रणमा लिइसकेको छ । अनुसन्धानको क्रममा पक्राउ परेकाहरुको बयानमा थप ७ जनाको नाम पनि जोडिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए । उनिहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेट्ने क्रममा निर्घात कुटपिट गरेका थिए । पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको थियो । त्यसमध्ये यस अघि १८ जनालाई पक्राउ गरिएको थियो । अझै दुई जना फरार रहेका छन् । हत्या गरी नदीमा फ्याँकेको मृतक पक्षका परिवारले दाबी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *