प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिकः प्राथमिकतामा कृषि र स्वास्थ्य

विराटनगर । प्रदेश नम्बर १ सरकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सरकारले शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि तथा स्वास्थ्यलाई प्राथमिकता दिइएको छ। आगामी आर्थिक वर्षमा बेरोजगार युवाहरुलाई उत्पादनशीलमा क्षेत्रमा जोड्न निरब्याजी कृषि ऋण उत्पादन गराएर मेरो कृषि मेरो पौरख कार्यक्रम संचालन गर्ने घोषणा गरिएको छ ।

बजार क्षेत्रमा जग्गा उपलब्ध गराउने र स्थानीय तहमा सहकारी कृषि बजार सञ्चालन गर्ने नीति सरकारको रहेको छ । उदयपुरको लंका टापु र मोरङको रतुवामाईमा विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने, विराटनगरमा शीतभण्डार स्थापना गराउने, मध्यपहाडी क्षेत्रमा मकै उत्पादन बढाउने योजना सरकारको छ ।

रोगब्याधिले कृषिबाली नष्ट भए कृषकलाई अनुदान दिने, निजी क्षेत्रको सहकार्यमा प्रांगारिक मल कारखाना स्थापना गर्ने र १० प्रतिशत रसायनिक मलको प्रयोग घटाउने योजना पनि प्रदेश १ सरकारको छ ।

कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणका लागी जारी लकडाउनका कारण प्रभावित किसान वर्गलाइ ४५ करोड रुपैयाँ बराबरको बिशेष राहत प्याकेज उपलब्ध गराईने प्रदेश सरकारको योजना रहेको छ । साथै भने आर्थिक वर्ष २०७७/०७८ मा कोरोनाले सृृजना गरेको चुनौतीलाई अवसरका रुपमा मध्यजर गर्दै आगामी दिनमा आईपर्ने महामारीहरुसँग लड्न तथा मानव स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्न प्रादेशिक बहुविशिष्टीकृत आरोग्य अस्पताल तथा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गरिने योजना सरकारको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *